धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ पानीट्याङ्कीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।
आइतबार राति ४७ वर्षका इन्द्रबहादुर लिम्बूलाई उनकी श्रीमती ३७ वर्षीया धनमाया लिम्बूले घरायसी हतियार र दाउरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमतीले घरायसी हतियार र दाउराले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। आइतबार बिहान लिम्बूको शव फेला परेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा र प्रहरी कार्यालय सिधुवाबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट मृतक लिम्बूको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पतालतर्फ ल्याएको छ ।
मृतककी श्रीमती धनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिनुभयो।

