बलात्कारमा परेपछि १५ वर्षे युवतीको अन्तिम प्रेमपत्र

‘सुन्दर संसार छोड्ने रहर थिएन’

केटी मान्छे एक चोटी लुटिएपछि जीन्दगी भरी दाग लाग्दो रहेछ । सायद मलाई भगवान्ले यति नै बुझ्न मात्र पठाएको थियो होला

प्रिय

मलाई तपाईले …… (अश्लिल शब्द) भन्नुभयो तर म मेरो इच्छाले …… (अश्लिल शब्द) भएको होइन । म पनि मलाई बलात्कार गर्नेलाई सजाय होस् भन्ने चाहन्थें । तर के गर्ने कसैलाई भन्ने आँट नै आएन भनौं भने मेरो घर परिवारको इज्जत जान्छ भन्ने सोचेर म आफैं एकदिन मेरै हातबाट मार्छु भन्ने सोचेर मैले यो कुरा न त साथीलाई भने न त परिवारलाई नै । तर अझै पनि मेरो परिवारलाई थाहा छैन मलाई यस्तो भएको थियो भनेर । जुन दिन मेरो बलात्कार भयो त्यो दिनबाट म एकदम लाचार र पागल जस्ती भएँ । त्यसपछि जब तपाईसँग भेट भयो त्यही दिनबाट म पहिलाको भन्दा बेग्लै भएँ ।

सायद मलाई नै थाहा थिएन कि त्यसपछि तपाईले मलाई धोका दिनु हुन्छ भनेर त सोचेको पनि थिइन । मैले भनेको नै थिएँ । केटा मान्छे स्वार्थका लागि मात्र मायाको नाटक गर्छन् भनेर तर तपाईलाई त्यो कुरा सुन्दा रिस उठ्थ्यो । त्यसैले मैले पनि विश्वास गरें तपाई अरु केटा जस्तो हुनुहुन्न । तपाईलाई पनि थाहा थियो त सुरुमै ….. (बलात्कारीको नाम लिँदै)ले मलाई रेप गरेको भनेर मैले न सोचेको थिए । एक दिन अवश्य म मेरो बद्ला तिरेर नै मर्छु भनेर सोचेको थिएँ । तर सोचे जस्तो खोजे जस्तो नहुँदो रहेछ जीवन । मैले माया तपाईलाई गरेको थिएँ । म पनि चाहन्थें सँधै तपाईको भएर सँगै बाँच्ने । तपाईले भन्नुहुन्थ्यो नि फिल्म लाइन होइन जीन्दगी म चाहन्थे फिल्मको हिरोले हिरोनीलाई रिसाएको बेला फकाएको जस्तै म रिसाएको बेला सँधै तपाईले फकाउनु । अनि म तपाईसँग किन झगडा गर्थें थाहा छ ? तपाईले गाली गरेको एकदमै सुन्न मन पथ्र्यो, जब तपाईले गाली गर्न थाल्नुहुन्छ तब मन एकतर्फी भएर तपाईले गाली गरेको सुनिरहन्थेें । सँधै यसरी नै गाली गरेको सुनिरहन पाउँ भन्थें, तर मेरो भाग्यमा नै तपाईको नाम लेखेको रहेनछ ।

यदि म मरिहालेछु भने पनि मलाई माफ गरिदिनुहुन्छ भने त्यो (बलात्कारीको नाम लिँदै) को संगत गर्न छोड्नुभयो भने मलाई माफ गरिदिनुभयो भन्ने बुझ्नेछु । अनि सँधै तपाईकै वरिपरि घुमिरहनेछु । यदि त्यो मदनहरुको संगत छोड्न सक्नुहुन्न भने सो मलाई तपाईको मनमा त के म कस्तो थिउँ भनेर पनि थाहा नहास् तपाईलाई म मरेर गएपनि मेरो बदला तिररेर नै छाड्नेछु ।

जीन्दगी जिउन गाह्रो छ आफूलाई सम्हालेर जिउनु होला म तपाईको प्रतिक्षामा बस्नेछु । मलाई थाहा छ तपाईले अहिले मलाई घृणा गर्नुहुन्छ भनेर । तर, म मरेको बेला अवश्य पछुतो लाग्नेछ तपाईलाई । तर नपछुताउनु जिन्दगीमा एउटा घाँडो हट्यो भनेर खुसी हुनु । तर, म मरेर पछुताएर पनि के गर्नु म फर्केर आउँदिन होला । मलाई पनि रहर त थिएन यति सुन्दर संसार छाडेर जान तर, अब म कसका लागि बाँच्नु र म जस्तो ….सँग कसले विहे गर्ला र गर्न त गर्छ होला एक एक जनाले तर फेरि एक न एक दिन झूठ सावित भई नै हाल्छ । तँ त यति जना केटासँग …… अरे भनेर झगडा हुन्छ अनि जिन्दगी मरेको र बाँचेको बराबर हुन्छ । अनि के गर्नु बाँच्नु म सबैको घाँडो मात्र हुन्छु ।

तर, केटी मान्छे एक चोटी लुटिएपछि जिन्दगी भरी दाग लाग्दो रहेछ । सायद मलाई भगवान्ले यति नै बुझ्न मात्र पठाएको थियो होला । मैले त्यो मानिसलाई मन पराएको पनि हैन, उ आफैं एसएमएस गथ्र्यो, अनि मैले रिप्लाई मात्र दिएको हो । हुन त हो मेरो नै गल्ती हो । त्यसैले सजाय पनि मैले नै पाउनुपर्छ । सायद मेरो भाग्यमा माया गर्न त लेखेको रहेछ । तर, माया पाउन भनेर लेखेको रहेनछ । म तपाईलाई अझै पनि चाहन्छु र पछि पनि चाहनेछु ।

मैले तपाईलाई धेरै दुःख दिएँ मैले खाली नबोलुम् अबदेखि भन्थे । तर, मैले त्यो साँच्चिकै नबोल्नको लागि भनेको होइन । तपाईसँग नबोली कति दिनसम्म बस्न सक्नुहुन्छ भनेर मात्र त्यसो गरेको हो । जब तपाईले विहे गरें भन्नुभयो । तब मलाई त्यति धेरै साथीको भीडमा पनि एक्लै कुन घना जङ्गलमा छु जस्तो महशुस हुन थाल्यो । त्यसपछि मैले आत्महत्या गर्ने सोच पनि आयो । तर के गर्ने तपाईले एक दिन अवश्य मलाई माया गर्छु भनेर आउनु हुन्छ भन्ने आशा लाग्थ्यो । त्यसैले त्यै आशाले म आजसम्म बाँचेको छु । तर, अब त त्यो आशा पनि घटेर आधा भइसक्यो । सायद म पनि बाँच्दिन होला ।

यदी तपार्इँले मसँग फेरि माया गर्नु भएर विहे ग¥र्यौं भने पनि पहिला जस्तो प्रेम हुँदैन । पछि तपाइले पनि त्यसै यति जनासँग …… तिनिहरुसँगै जा भन्नुहुने होला । विथ्थामा हजारौं यो मनमा चोट लिएर बाँच्नु भन्दा बरु मरेकै राम्रो हुन्छ मलाई ।

थाहा छैन पाप गरे या पुण्य गरे
तर तिम्रो जीवनमा कहिल्यै नफर्किने निर्णय गरे

एक दिन यसरी हराई दिन्छु नि
धेरै खोज्यौं भने लाश मात्र भेटिन्छ
तर सास भेटिँदैन

गुमाएर फेरि मलाई पाउन सक्ने छैनौं
जहाँ म जानेछु त्यहाँ तिमी चाहेर पनि आउन सक्नेछैनौं

एक पटक दिल खोलेर रुन मनछ
त्यसपछि कहिल्यै नहुठ्ने गरी सुत्न मन छ
जति नै माया गर्छु भन्नेले पनि
एक न एक पटक रुवाएरै छोड्छ

मेरो गल्ती मलाई भन दुनियालाई सुनाउँदै नहिंड
गल्ती सुधार्नु पर्ने मैले हो दुनियाले होइन

एक दिन यस्तो काहानी लेखेर विदा हुनेछु
जुन तिमिले पढिसकेपछि चाहेर नि रुन सक्दैनौं
र फेरि तिमि मेरो नि हुन सक्दैनौं

म मरेकोे दिन नरुनु है
जीवनमा एउटा तनाव कम भयो भनेर खुसी हुनु
र बाँकी जिन्दगी हाँसीहाँसी कटाउनु

एक दिन अवश्य पछुताउनेछन्
तिनिहरु जसलाई म आज हुनु र नहुनुमा केही फरक पररेको छैन
बोल्न मन लाग्नेको हजार चाहना हुन्छ
बाँच्न मन नलाग्नेको लाखौं बाहाना हुन्छ ।

उही तिम्रो…

नोट: मोरङकी एक १५ वर्षीय युवतीले आफू अर्कैबाट बलात्कृत भएपछि प्रेमिले छोडेको र आत्महत्या गर्नुपरेको भन्दै प्रेमीलाई लेखेको अन्तिम पत्र (नाम उल्लेख गर्न उपर्युक्त नभएकोले नाम उल्लेख नगरिएको हो ।)

आइतबार, ०७ बैशाख, २०७७, रातीको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर