काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालको चौथा संक्रमितले पनि परास्त गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत युवक पनि निको भएर डिस्चार्ज भएका छन् ।
यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी बागलुङकै महिला महिला डिस्चार्ज भएका थिए।
यसअघि नेपालका पहिलो कोरोना बिरामी गत माघमा डिस्चार्ज भएका थिए। नेपालमा ३१ संक्रमितमध्ये २७ जनाको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज बिकको दोस्रो र तेस्रोपटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि अस्पतालले आइतबार डिस्चार्ज गरेको हो। २२ चैतमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनको वैशाख ६ गते दोश्रोपटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो।
त्यसको २४ घण्टा पछि आइतबार अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उनले युवकको दुईपटक नै कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो । एक हप्तासम्म सामाजिक दूरी कायम गर्न आग्रह गरिएको अस्पतालले जनाएको छ ।
भारतबाट १२ चैतमा गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ चैतदेखि बसेका थिए । ११ दिनसम्म क्वारेन्टाइनमा र त्यसपछि सेती प्रादेशिक अस्पतालमा १३ दिन आइसोलेसन बसेर घर फर्किएका हुन् ।