शनिबार एक संक्रमित थपिए, संक्रमितको संख्या ३१ पुग्यो

विराटनर ।नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले अहिले  भर्खरै गरेको अद्यावधिक विवरण अनुसार कोभिड–१९ संक्रमण पुष्टि भएको संख्या ३१ रहेको पुगेको छ ।

शनिबार एक जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। उनको उमेर ६५ वर्ष भएकोसमेत मन्त्रालयले जनाएको छ। उनको विवरण खुलेको छैन ।

३१ जनामा संक्रमण देखिए पनि तीन जना भने निको भइसकेका छन्। २ काठमाडौंकी युवती र बाग्लुङकी बृद्धा शनिबार उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्ु ।

शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो।

शनिबार, ०६ बैशाख, २०७७, रातीको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर