विराटनगर । विराटनगर स्थित कोभिभ १९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितमा कुनै लक्षण नभएको चिकित्सकहरुले बताएका छन् ।
कोरोना संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र स्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिने भएपनि १२ जनामै कुनै लक्षण नभएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो ।
डा. मिश्राले कोरोना संक्रमितको उपचारको चुनौती सुरु भएको उल्लेख गर्दै अप्ठ्यारो अवस्थालाई सबै मिलेर सामना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ । अहिले संक्रमितहरुलाई सामान्य वार्डमा राखिएको छ । थप समस्या भएमा आइसियु र भेण्टिलेटरमा राख्ने तयारी छ । ५० सैय्याको कोरोना उपचार केन्द्रमा १० भेण्टिलेटर र १० आईसियु रहेको छ ।
उदयपुरबाट मध्यरातमा ल्याएर भर्ना गरिएका ११ जना भारतीय र एक नेपाली लाई अहिले निगरानीमा राखिएको डा.मिश्रले जानकारी दिनुभएको छ । ‘सबै संक्रमितसँग कुरा गर्दा कुनैपनि लक्षण नदेखिएकोले उनीहरलाई अब्जरबेसनमा राख्ने काम भएको छ ।’ उहाँले भन्नुभयो, ‘कुनै लक्षण देखिए त्यस अनुसार औषधि प्रयोग हुन्छ, १४ दिनपछि पुनः परीक्षण गरिन्छ । ’ उनीहमा कुनै समस्या नभएकोले नियमित चिकित्सकीय निगरानीमा राखिनेछ ।
संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि समयमा समस्या पर्नसक्ने भएको स्वास्थ्यकर्मीहरु सचेत रहेको डा. मिश्राले बताउनुभयो । कोशी अस्पतालका बरिष्ठ फजिसियन डा.रोसन खड्का अस्पतालमा निगरानीको लाथि ६÷६ घण्टाको डियूटी बनाइएको छ । हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएकोले कन्ट्रोल रुमबाट पनि नियमित बिरामीको निगरानी गरिनेछ ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो । उनीहरुसँगै रहेका चार जनालाई भने टाँडी स्थित क्वारेन्टाइनमा पठाइएको छ ।
कोरोना सांक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु पनि जोखिममा रहने भएकोले उनीहरुलाई छुट्टै आवासको व्यवस्था प्रदेश सरकारले मिलाएको छ । संक्रमितको उपचारमा संलग्न कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विराटनगर–७ मा रहेको जैन तेरापन्थको भवनमा राखिने भएको हो ।
जैर तेरापन्थी सभा विराटनगरले स्वास्थ्यकर्मी राख्नका लागि भवनका १९ वटा कोठा निःशुल्क रुपमा प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।