आरडिटी पोजेटिभ देखिएकी मोरङकी युवतीमा कोरोना देखिएन

विराटनगर । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा पोजेटिभ देखिएकी मोरङको बुढिगंगा १ की युवतीको थ्रोट स्वाब प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट कोरोना नभएको आएको छ ।

भारतको बैङ्लोरबाट एक महिना अगाडि घर आएकी युवतीको बिहीबार आरडिटी गर्दा पोजेटिभ देखिएकोमा कोशी अस्पतालमा पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

शुक्रबार युवतीको थ्रोट स्वाब कोशी अस्पतालमा परीक्षण गर्दा नेगेटिभ देखिएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिब भरतमणि रिजालले जानकारी दिनुभएको छ । भारतको बैङ्लोरबाट १० चैतमा नेपाल फर्किएकी २७ वर्षिय युवतीको बिहीबार आरडिटी गर्दा पोजेटिभ देखिएपछि कोशीकै आइसोलेसनमा भर्ना गरिएको थियो ।

अध्ययनको लागि भारतको बैंगलोरमा बस्दै आएकी २७ युवती कोरोनाको जोखिम बढेपछि सरकारले लकडाउन घोषणा गरेकै दिन घर फर्किएको स्थानीयले जानकारी दिएका छन् ।

प्रदेश १ मा यसअघि बुधबार झापाको हल्दिबारीका युवकको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो । बिहीबार उनको स्वाव कोशी अस्पतालमा पिसिआर प्रबिधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

शुक्रबार, ०५ बैशाख, २०७७, दिउँसोको ०४:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर