इटहरी । मस्जिदतमा एकपछि अर्को विदेशी नागरिक लुकेर बसेको खुलेपछि सुनसरी प्रहरीले जिल्लाका विभिन्न मस्जिदमा आश्रय लिएर बसेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई मस्जिदबाट हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मस्जिदमा बसेकाहरुलाई हटाएर सरकारले बनाएका क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
मस्जिदमा रहेका सबै विदेशी नागरिकको स्वाव परिक्षणका लगिएको छ । अब उनीहरुलाई सुनसरी र मोरङ्गका विभिन्न क्वारेन्टाईनमा राखिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
मस्जिदमा बसाई सराई गर्दै बस्ने क्रम बढेपछि मस्जिद खाली गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बिहीबार नै सबै मस्जिद खाली गरिने बताउनुभयो ।
सुनसरीको हरिनगर, दुहवी, इटहरी, बर्जु र भोक्राहाका विभिन्न मस्जिदहरुमा भारतीय र पाकिस्तानी नागरिकहरु बस्दै आएको भेटिएको थियो । मस्जिदमा बाहिरका मानिसहरु रहेको र त्यहाँ स्थानीयको पनि आवतजावत हुने भउकोले जोखिम रहेको निश्कर्ष सुरक्षा समिति बेठकले निकालेको छ ।
अब कुनैपनि मस्जिदमा कोही कसैलाई राख्न पाइने छैन । लुकीछिपी बस्दै आएको भेटिए कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ । सुनसरीमा सुनसरीमा १ सय १४ वटा मस्जिद र ८१ वटा मदर्शा छन् ।
मस्जिदमा प्रशासनले लुकीछिपी कोही व्यक्ति बस्दै आएको भए जानकारी गराउन समेत मुस्लिम अगुवाहरु समक्ष आग्रह गरेको छ । प्रशासनले मुस्लिम समुदायलाई मस्जिदमा भिडभाड नगरी सकेसम्म घरमै बसी प्राथना गर्न अनुरोध गरेको छ ।
दिल्लीमा भएको मुस्लिमको धार्मिक भेलापछि भारतमा कोरोना फैलिएको र भेलामा सहभागीहरु नेपालमा पनि आएको सुचनापछि प्रशासनले विशेष निगरानी बढाएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।