एजेन्सी । आफूलाई दिँदै आएको सहयोग कटौति गर्ने अमेरिकी ट्रम्प प्रशासनको निर्णय दुःखद भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।
डब्लुएचओका प्रमुख डा. ट्रेडोस अडामोन गेब्रेससले अमेरिका आफूहरुको सबैभन्दा ठूलो आर्थिक दाता रहेको बताउँदै आगामि दिनमा पनि सहयोज जारी रहने प्रतिक्रिया दिनुभयो ।
डब्लुएचओले यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भएको जनाएको छ। आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णयको विश्व नेताहरूले आलोचना गरेका छन्।
विश्वमा हाल कोरोना भाइरस संक्रमित २० लाख नाघिसकेको छ भने अमेरिका विश्वको सबैभन्दा बढी संक्रमण प्रभावित मुलुक हो।
मंगलबार ट्रम्पले डब्लुएचओले महामारीका समयमा गर्नुपर्ने आधारभूत काम तथा व्यवस्थापन नगरेको र चीनको पक्ष लिएको आरोप लगाउँदै सहयोग बन्द गर्ने घोषणा गर्नुभएको थियो ।
डब्लुएचओको कुल बजेटमा अमेरिकाले १५ प्रतिशत योगदान दिदैं आएको छ। गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो।