कोरोना महामारीको बेला २४ अर्ब डलर कमाउने यी अमेरिकी

एजेन्सी । विश्वभरी कोरोना भाइरहसको महामारी फैलिरहेको बेला एक जना अमेरिकी खर्बपतिले भने ठूलो धनराशी कमाएका छन् ।

सिंगो अमेरिका कोरोनाको कारण संकटमा परेको बेला अनलाईन बिक्रेता कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले कोरोना भाइरसको महामारी सुरु भएयता २४ अर्ब अमेरिकी डलर कमाएका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्ति रहेका बेजोससँग अहिले १ खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ। अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट थप फाइदा लिएको हो।

अहिले करिब विश्वभर लकडाउनको कारण बजार बन्द हुँदा अमेजनले धेरै मुलुकमा अनलाईनमार्फत सामान पु¥याउने काम गरिरहेका ेछ । माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ कर्मचारी भर्ती गरेको छ । अमेरिकामा भने कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना हुने गरेको छ ।

अमेजनमा बेजोसको ११ प्रतिशत शेयर छ । मङ्गलवार मात्रै अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले बढेको थियो।

लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्। वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ।

लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ।

बेजोसले १ लाख डलर लगानी गरेर सन् १९९५ मा अमेजन शुरू गरेका थिए। उनले अमेजन शुरु गर्न ३० वर्षको उमेरमा जागिर छोडेका थिए। उनकी पत्नी न्यूयोर्कमा डीई सह नामक संस्थामा सहकर्मी थिइन् र उनले पनि त्यो जागिर अमेजनका लागि छोडेकी थिइन्।

चार बच्चा जन्माएका उनीहरू सन् २०१९ मा छुट्टिए। पत्नीलाई बेजोसले ३८ अर्ब डलर सम्पत्ति र अमेजनमा ४ प्रतिशत शेयर दिएका थिए।

सन् १९९७ मा शेअर बजारमा जाँदा अमेजनले ५ करोड ४० लाख डलर उठाएको थियो । बेजोस ३५ वर्ष पुग्नु अगाडि नै विश्वका धनीमध्ये एक बनेका थिए। (बीबीसीबाट)

बिहिबार, ०४ बैशाख, २०७७, बिहानको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर