प्रदेश १ मा एक युवामा कोरोनाको आशंकापछि थप परीक्षण हुँदै

झापाका एक युवाको आरडिटी पोजेटिभ

कोरोनाको आशंकापछि थप परीक्षण हुँदै

विराटनगर । प्रदेश १ मा पहिलो पटक झापाका एक युवामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा पोजेटिभ देखिएको छ ।

झापा हल्दिबारीका एक व्यक्तिको बुधबार गरिएको आरडिटी परीक्षणमा रगतमा एन्टीबडी फेला परेपछि थप परीक्षणको लागि स्वाब विराटनगर ल्याइएको छ ।

प्रदेशको सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपपि ती युवकसहित परिवारका चार सदस्यको स्वाब संकलन गरेर विराटनगर ल्याएको छ । विराटनगरको कोशी अस्पतालमा पिआरसी बिधिबाट स्वाब परीक्षण भएपछि मात्र उनमा कोरोना भए नभएको यकिन हुने मन्त्रालयले जनाएको छ ।

ती युवक वैदेशिक रोजगारका क्रममा दुबईबाट एक महिना अगाडि फर्किएका थिए । उनी घरमै क्वारेन्टाइनमा बसेको बताइएको छ ।

हल्दिबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले पनि ती युवाको परीक्षण गर्दा शंकास्पद नतिजा देखिएको भन्दै सचेत हुन सबैलाई आह्वान गर्नुभएको छ । यो नै रिर्पोट अन्तिम नहुने भएकोले थप परिक्षणका लागि परिवारकै स्वाबको नमुना पठाएको गाउँपालिकाले जनाएको छ ।

आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ । पछिल्लो पटक र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले भने हल्दिबारीमा ५५ जनाको आरडीटी गरिएको जनाउँदै पोजेटिभ केसबारे जानकारी दिन चाहेको छैन । त्यहाँबाट १९ जनाको थ्रोट स्वाब संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको कार्यालयको भनाइ छ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेशिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ ।

बुधबार, ०३ बैशाख, २०७७, रातीको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर