विराटनगर । प्रदेश नं. १ मा कोरोना बुधबारसम्म कोरोना भाइरसको परीक्षण गरिएका शंकास्पद आरडिटी र पिसिआर दुबै बिधिबाट गरी ८२१ जनाको कोरोना परीक्षण भएको छ ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब भरतमणि रिजालका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबारसम्म ५५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । पिसिआरतर्फ नमुना संकलन गरिएका १८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।
आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ । पीसीआर विधिबाट प्रदेश १ मा आजसम्म जम्मा २ सय ८४ जनाको नमूना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । जसमध्ये ४२ महिला र २ सय २४ पुरुष गरी २ सय ६६ को रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर प्रबिधिबाट कोरोनाको परीक्षण भइहरेको छ । गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनमा पनि आद्रुत गतिमा आरडिटी बिधिबाट परीक्षण भइरहेको छ ।
प्रदेश सरकारका अनुसार निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आजसम्म कूल ५ सय ६५ जना छ । जसमा ६२ महिला र ५ सय ३ जना पुरुष छन् । तीमध्ये २५ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा भने १० जना छन् ।
होम क्वारेन्टाइनमा ६ सय २७ महिला र ३ हजार ९२ पुरुष गरी जम्मा जम्मा ३ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।