आरडिटीमा पोजेटिभ देखिएका कोरानामुक्त, बुधबार नयाँ संक्रमित थपिएनन्

विराटनगर । सरकारले सञ्चालन गरेको कोरोनाको द्रुत परीक्षणको क्रममा मंगलबार पोजेटिभ देखिएका सबैको पुनः परीक्षण नतिजा नेगेटिभ आएको छ ।

सप्तरीका दुई जना धार्मिक गुरुसहित ६ जनाको मंगलबार र्‍यापिड टेस्टमा पोजेपटभ देखिएकोमा स्वाब संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ नतिजा आएको हो ।

यसैगरी पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्टबाट पोजेटिभ देखिएकी महिलाको पनि नेगेटिभ नतिजा आएको स्वास्थ्य मन्त्रालयले नजाएको छ । उनकी सासु र श्रीमानमा भने पोजेटिभ देखिएको छ ।

अघिल्लो दिन र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाहरुको स्वाब परीक्षण गर्दा पीसीआरमा नेगेटिभ आएकोले बुधबार नयाँ संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ ।
भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई व्यक्तिको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकोमा धरान स्थित विबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ देखिएको हो ।

मंगलबार र्‍यापिड टेस्ट गर्दा उनीहरूमा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि धरान पठाइएको थियो। उनीहरू गत महिना दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्केका थिए।

कुनै समयमा कोरोनाको संक्रमण भएर पनि रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरिसकेकका व्यक्तिहरुमा आडिटीमा पोजेटिभ नतिजा देखिने र पिसिआरमा नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यसैले र्‍यापिड टेस्टमा पोजेटिभ आएपनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण रहेको यकिन नहुने भएकोले पिसिआर परीक्षण गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

नेपालमा अहिलेसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एकजना उपचारपछि घर फर्किसकेका छन् ।

बुधबार, ०३ बैशाख, २०७७, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर