लोड हुँदैछ...

मेनु

वैशाख १५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

वैशाख १५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

विराटनगर । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ ९कोरोना भाइरस० को संक्रमण रोक्‍नका लागि चैत ११ बाट लगाएको लकडाउन तेस्रो पटक थपिएको हो ।

सुरुमा एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिनलाग्दा थप गरिएको हो ।

म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार नै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।