एजेन्सी । भारतमा जारी लकडाउन मे ३ (वैशाख २१ ) सम्म लम्ब्याइएको छ ।
मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउन तीन साता लम्ब्याउने घोषणा गर्नुभएको हो ।
सबै क्षेत्रबाट लकडाउन लम्ब्याउनेबारे सुझाव आएकाले यस्तो निर्णय गरिएको मोदीको भनाइ छ । यसअघि घोषणा गरिएको लकडाउन मंगलबार सकिँदैछ । कोभिड–१९ को संक्रमण देखिएयता प्रधानमन्त्री मोदीको राष्ट्रका नाममा यो चौथो सम्बोधन हो ।
अबको लकडाउन अझै कडा हुने पनि मोदीले सम्बोधनका क्रममा बताउनुभएको छ । उचित तरिकाले लकडाउन कार्यान्वयन भएमा कैयौं शर्तसहित केही खुकुलो गर्ने संकेत मोदीको छ ।
मोदीले कोभिड–१९ को लडाइँमा जनताको साथ अपरिहार्य रहेको भन्दै सबैलाई घरमै बस्न आग्रह पनि गर्नुभएको छ । भारतमा हालसम्म कोभिड–१९ संक्रमणका कारण ३ सय ५८ को ज्यान गइसकेको छ भने १० हजार ४ सय ५३ जना संक्रमित पुष्टि भएका छन् ।
भारतले देशमा ५५० जनामा संक्रमण देखिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो।