पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका शंकास्पद १७ जनाको कोरोना परीक्षण परिक्षण नेगेटिभ आएको छ ।
सोमबार प्रदेश १ सरकारको स्वास्थ्य परिक्षण टोलीले गरेको र्यापिड टेष्टमा नेगेटिभ देखिएको हो ।
वैदेशिक रोजगारीको क्रममा कतार, दुबई, भारत र कामको शिलशिलामा बिभिन्न जिल्ला पुगेर फर्किएका १३ जना र अन्य थप ४ गरी १७ जनाको र्यापिड टेष्ट गरिएको थियो । गाउँपालिकाले कोरना शंकास्पद १३ जनालाई क्वारेन्टाइनमा राखेको थियो ।
सबैको रिपोट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिनुभयो । पाँचथरमा चैत्र ३० गतेदेखि फाल्गुनन्द गाउँपालिकाको राँकेबाट र्यापिड टेष्ट सुरु भएको हो ।
अहिलेसम्म गरिएको परिक्षणमा सबै रिपोट नेगेटिभ आएको सामाजिक विकाश मन्त्रालयका ल्याव टेक्निसियन नविन खड्काले बताउनुभयो । रिपोर्ट नेगेटिभ देखिएकाहरुलाई एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा जिल्लाका सबै क्वारेन्टाइनमा राखिएकाहरुको र्यापिड टेष्ट भइरहेको छ । प्रदेश नं १ सरकारले पाँचथरका लागि २०० थान आरडिटी किटसहित स्वास्थ्यकर्मीको टोली पठाएको छ ।
टोलिले फाल्गुनन्द गाउँपालिकाका ८ जना, मिक्लाजुङका २३, तुम्बेवाका १५ जना, कुम्मायक गाउँपालिकाका १७, फालेलुङको पाथीभरा कृषि सहकारीको भवन र पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका १३ र हिलिहाङको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा रहेको क्वारेन्टाइनमा रहेका २४ गरी गरी १०० जनाको नमुना परीक्षण गरेको छ ।
यसअघि जिल्ला अस्पताल पाँचथरको आईसोलसनमा राखेर उपचार गरिएका ६ जनाको रिर्पोट पनि नेगेटिभ आएको थियो। कोरोना जस्तै लक्षण देखिएपछि उनीहरुको नमुना धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

