एजेन्सी । कोरोना भाइरसको संक्रमण भयाबह हुनलाग्दा पनि मुलुकमा लकडाउन नगर्ने र सहजै त्यसलाई परास्त गर्ने बताउँदै आएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् ।
पछिल्ला दिनमा अमेरिकमा मृतक र संक्रमितको संख्या तीब्र गतिमा बढ्दै गएपछि ‘अमेरिका बन्द हुन बनेको हैन’ भन्ने ट्रम्पले संकटकाल घोषणा गरेका छन् ।
इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा भएको हो । राष्ट्रपति ट्रम्पले ५० वटै राज्यमा संकटकाल घोषणा गर्ने प्रस्तावमा सोमबार हस्ताक्षर गरेका हुन् ।
कोरोना भाइरसबाट संक्रमित र मृतक संख्यामा अमेरिका विश्वमा सबैभनदा अगाडि छ । सोमबार अपरान्हसम्म अमेरिकामा ५ लाख ६० हजार संक्रमित भएका छन् भने २२ हजार बढिको मृत्यु भइसकेको छ । यसअघि चीनमा भाइरसको संक्रमण फैलिएपछि लकडाउन गर्दा त्यसको आलोचना गर्ने ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई थप प्रभावकारी बनाउन ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन्।
संकटकाल घोषणासँगै मानिसहरु बाहिर हिँडडुल गर्न पाउने छैनन्। ट्रम्पले आफूहरु अहिले एउटा अदृश्य शत्रुसँग युद्ध गरिरहेको बताउँदै ट्वीटरमा आफूहरुले जितिरहेका र जित्ने दावी गरेका छन् ।
जे गरे राम्रो निर्णय गरे।अब कोरोना लाई बिश्व बाट धपाउन सकिन्छ !!
जे गरे राम्रो निर्णय गरे।अब कोरोना लाई बिश्व बाट धपाउन सकिन्छ !! स्वागतयोग्य कदम।