लकडाउनमा भारतबाट आएका थिए, रौतहटका संक्रमित युवा

विराटनगर । सोमबार कोरोना संक्रमित पुष्टि भएका रौतहटका १९ वर्षीय युवा लकडाउनको समयमा भारतबाट आएको खुलेको छ ।

इशनाथ नगरपालिका ५ मोतिपुरका युवा लकडाउनको बेला चैत १६ गते भारतको नयाँदिल्लीबाट नेपाल आएका थिए ।

घर आउनासाथ गाउँलेहरूले उनलाई क्वारेन्टाइनमा राखेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ।

युवालाई १७ गते नै क्वारेन्टाइनमा राखिएको थियो । २९ गते स्वास्थ्यकर्मीको टोली आएर उनको नमूना परीक्षण गर्न काठमाडौं पठाइएकोमा कोरोना पुष्टि भएको हो ।

संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा र त्यसपछि उनी हिँडेरै घर आएको बुझिएको छ । उनी दिल्लीमा मजदुरी काम गर्दै आएका थिए।

सोमबार, ०१ बैशाख, २०७७, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर