बेलबारीमा राहत हस्तान्तरण र बजार अनुगमन

बेलबारी । कोरोना भाइरसको जोखिम कम गर्न लागू गरिएको लकडाउनको कारण समस्यामा परेका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न बेलवारी नगरपालीकाले स्थापना गरेको कोषमा उद्योग वाण्ज्यि सघ बेलबारीले १ हजार किलो चामल सहयोग गरेको छ ।

आइतवार नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई वाणिज्य सघंका पदाधिकारीसहितको टोलिले चामल हस्तान्तरण गरेको हो ।

लकडाउनमा दैनिक ज्यालादारी गरेर जिविका गुजारीरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ नगरपालिकाले खाद्यान्न हस्तान्तरण गरेको उद्योग वाणिज्य सघ बेलबारीले जनाएको छ । उक्त राहत सामग्री हस्तान्तरण पश्चात उद्योग बाणिज्य संघ बेलबारीले दैनिक उपभोग्य खाद्य पसल तथा खाद्य उद्योगहरु को अनुगमन गर्दै यस माहामारीमा उपभोग्य बस्तुहरुको बिक्री मुल्य नबढाउन व्यवसायीहरुलाई सुझाव दिएको छ ।

आइतबार, ३० चैत, २०७६, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर