भोजपुर । लकडाउनको समयमा पनि गाउँ घुमिरहेको भेटिएपछि भोजपुरमा २० जना जोगीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

बाहिरी जिल्लामा घुमेर आएका भोजपुरको षडानन्द नगरपालिका १४ बोयाका जोगीलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

उनीहरुलाई स्थानीय सिंहदेवी आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । फागुनमा पूर्वका विभिन्न जिल्लामा ‘फेरि’ लगाउन निस्केका उनीहरुलाई जोखिम भएको आशंकामा वडाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको हो ।

क्वारेन्टाइनमा दुई स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी पनि रहेका छन् । लकडाउनका बेला अवैध रुपमा गाउँ पस्ने उनीहरुलाई सुरक्षाका लागि क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष झम्का रोक्काले बताउनुभयो ।

लकडाउनको अवस्थामा अवैध रुपमा उनीहरु गाउँ पसेकाले गाउँ नै त्रसित बनेपछि तत्काल क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई स्वास्थ्य सेवासँगै खानाको व्यवस्था नगरपालिकाले गरेको छ।