प्रदेश १ : १४५ को नमुना संकलन, १०३ को नेगेटिभ

विराटनगर । प्रदेश नं. १ बाट बुधबारसम्म कोरोना भाईरसका शंकास्पद १ सय ४५ जनाको नमूना संकलन गरिएकोमा १ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं. १ मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार नमूना संकलन गरिएकामध्ये ४२ को रिपोर्ट आउन बाँकी छ ।

बुधबारसम्म २९ जना महिला र १ सय १६ पुरुषको नमूना संकलन गरिएको छ । प्रदेशभरी ४ हजार १ सय ४८ वटा क्वारेन्टाईन निर्माण गरिएको छ भने ४६ महिला र ५ सय ३५ पुरुष सहित ५ सय ८१ जना क्वारेन्टाइनमा छन् ।

यसैगरी होम क्वारेन्टाईनमा ३ हजार ३१ जना बसेका छन् । प्रदेशभरि ५ सय ६६ महिला र २ हजार ४ सय ६५ पुरुष होमक्वारेन्टाईनमा बसेको मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

क्वारेन्टाईनमा रहेकामध्ये १ महिला र ३१ जना पुरुष डिस्चार्ज भएका छन् । प्रदेशमा ४ सय ३२ वटा आईसोलेसन वार्ड तयार गरिएको छ ।

आईसोलेसनमा २ महिला र ८ जना पुरुष गरि १० जना रहेका छन् । आईसोलेनमा बसेकामध्ये बुधबारसम्म २२ जना डिस्चार्ज भएका छन् ।

बुधबार, २६ चैत, २०७६, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर