विराटनगर । मोरङको बेलवारी स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले डिजिटल मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका दुबैजनालाई सार्बजनिक गरेको हो ।
लकडाउनको समयमा अनलाईन पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका २ का सन्तोष सिंह र बिजय मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी बिश्व अधिकारीले जानकारी दिनुभयो ।
लकडाउनको बेला मोटरसाईकलमा सवार उनीहरुलाई मंगलबार राति रोकेर चेकजाँच गर्ने क्रममा बेलवारी ३ बाट पक्राउ गरिएको हो । उनीहरु सवार प्रदेश २, ००१ प २६७२ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा उनीहरुको साथबाट ३१ ग्राम ६९ मिलिग्राम लागुऔषध ब्राउन सुगर मरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको ब्राउनसुगरको परिमाण मोरङ प्रहरीले अहिलेसम्म बरामद गरेकोमा उच्च रहेको एसपी अधिकारीले बताउनुभयो ।
उनीहरुले झापाको दमकबाट ब्राउनसुगर ल्याएको बयान प्रहरीमा दिएका छन् । बरामद भएको ब्राउन सुगरको बजारमुल्य प्रतिग्राम ५० हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । लकडाउनको समयमा उनीहरु कसरी लामो यात्रा गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।