विराटनगर । भाटभटेनी सुपरमार्केटले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ ।
विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’–मा जम्मा गरिने बताउनुभयो । उनले कोषमा हालसम्म १२ करोड हाराहारी रकम जम्मा भइसकेको छ ।
मुख्यमन्त्रीले अत्याधुनिक सपिङ कल्चरको विकासका लागि नेपालमा भाटभटेनीले ठूलो भूमिका खेलेको उल्लेख गर्दै कोरोना त्रासका बेला सोसियल डिस्टेन्सिङको पालना गरेर तथा मास्क र सेनिटाइजरको प्रयोग गरेर मात्र स्टोरमा ग्राहकलाई पसाउन आग्रह गर्नुभयो । प्रबन्धक राईका अनुसार भाटभटेनीले केन्द्रीय सरकारको कोषमा १ करोड उपलब्ध गराएको छ । साथै सातै वटा प्रदेश सरकारलाई २५–२५ लाख प्रदान गर्ने निर्णय छ ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।