विराटनगर । राहत वितरणको विषयमा विवाद उत्पन्न भएपछि आइतबार सुनसरीको दुहबीमा झडप भएको छ ।
दुहवी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित एक दर्जन स्थानाी युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ ।
राहत वितरणमा अनियमितता गरेको विवाद उठेपछि दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरी जवान अनिल यादव घाइते भएका हुन्।
प्रहरीका अनुसार राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै स्थानीय एक युवाले फेसबुकमा लेखेको विषयमा विवाद भएको थियो । सोही विषयमा छलफल गर्न आयोजित भेलामा दुई पक्षबीच झडप भएको इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीले जानकारी दिनुभयो ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वडा कार्यालयले राहत वितरण सुरु गरेपछि त्यसमा अनियमितताको आरोप लागेको थियो ।
दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको बताउनुभएको छ ।