नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश
विराटनगर । नेपालमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको अवस्थाम सबैजना विदेशबाट आएकोले स्थानीयमा संक्रमण देखिएको थिएन । तर, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायले विदेशबाट आएका संक्रमितको सम्पर्कमा रहेकी महिलामा संक्रण भएको पुष्टि गरेको छ ।
कैलालीकी ३४ वर्षीया महिलालाई चैत १४ गते संक्रमण पुष्टि भएका धनगढीका युवामार्फत संक्रमण भएको हो । दुबईबाट चैत ७ गते आएका ती व्यक्तिकी भाउजुले उनलाई चैत ८ गते भेटेको बताइएको छ । त्यसको १२ दिनपछि उनमा संक्रमण भएको पुष्टि भएपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छध ।
विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल प्रवेश गरेको हो । यसलाई लोकल ट्रान्समिसन भनिन्छ । यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ । त्यो अवस्था तेस्रो अवस्था हो र यसले महामारी फैलाउने खतरा हुन्छ ।
शनिबार संक्रमण पुष्टि भएकी महिलामा कुनै लक्षण नभएको परिवारले बताएका छन् । कुनैपनि लक्षण नदेखिएपनि कोरोना संक्रमण भएको पुष्टि भएपछि सबै त्रासमा परेका छन् । संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षण गर्दा महिलामा संक्रमण देखिएको हो ।
दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । दिल्लीबाट उनी त्यही दिन एयर भिस्ताराको उडानबाट दिउसो २ बजे काठमाडौका लागि उडेका थिए । चैत ८ गते शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आएका उनी नेपालगञ्जबाट महेन्द्रनगर जाने माइक्रो हाइसमा अत्तरिया आइपुगेका थिए ।
तीन दिन घरमै बसेका ती युवालाई १० गते राति ज्वरो आएपछि ११ गते बिहान अस्पताल पुर्याइएको थियो । चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनको परिवारलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखिएकोमा चार दिनपछि पशु चौपाया अलपत्र परेको भनेपछि होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई घर पठाएको बुझिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।