इटलीपछि स्पेनमा धेरै मानिसको मृत्यु

बिबिसी । पछिल्लो २४ घण्टामा ९ सय ३२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण इटली पछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश स्पेन भएको छ ।

हालसम्म स्पेनमा कोरोना भाइरसकै कारण हालसम्म १० हजार ९ सय ३५ पुगेको छ । पुरै विश्वमा भने हलसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ भने संक्रमितको संख्या १० लाख कटेको छ । सबैभन्दा प्रभावित युरोपेली मुलुक इटलीमा भने मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ जना रहेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हवार २ सय जनाको मृत्यु भएको छ । यसका साथै अमेरिकामा मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । अमेरिकामा दुई लाख १७ हजार मानिसमा कोरोना संक्रमण भएको छ ।

शुक्रबार, २१ चैत, २०७६, रातीको ०९:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर