भारतीय प्रमको अपिल : ५ अप्रिलमा ९ मिनेटसम्म बत्ती बाल्नुहोस्

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

शुक्रबार बिहान दिएकाृे एक भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै मोदीले यस्तो बताउनु भएको हो । ‘यो संकटका कारण जुन अन्धकार र अनिश्चितता पैदा भएको छ त्यो चिर्दै उज्यालोतर्फ लम्कनुछ । यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण आइतबार (अप्रिल ५) मा हामी सबै मिलेर कोरोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ,’ मोदीले भन्नुभयो, ‘५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुछ । ५ अप्रिल राती ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।’

मोदीले अहिलेको समयमा कुनै पनि हालतमा सामाजिक दुरीको लक्ष्मण रेखा उल्लंघन गर्नुनहुने बताउनु भयो । कोरोना नियन्त्रणको रामबाण सामाजिक दुरी नै भएको मोदीको दाबी छ ।

शुक्रबार, २१ चैत, २०७६, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर