कोरोना विरुद्धका सामाग्री प्रदेशभरी वितरण

विराटनगर । प्रदेश १ सरकारले प्रदेशका विभिन्न अस्पतालहरलाई कोरोना संक्रमित र शंकास्पद विरामीको उपचारको लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको छ ।

कोरोना संक्रमण जोखिम बढेसंगै सरकारले विभिन्न जिल्लाका अस्पताल स्वास्थ्यकर्मीका लागि संघीय सरकार र अन्यत्रबाट प्राप्त सामाग्री वितरण गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव भरतमणि रिजालका अनुसार सरकारले प्राप्त गरेका र मौज्दात रहेका स्वास्थ्य सामाग्री वितरण भइरहेको छ । प्रदेश सरकारले सबैभन्दा धेरै ४२ हजार १ सय थान मास्क वितरण गरेको जनाएको छ ।

सरकारसँग मंगलबारसम्म जम्मा ५ सय ५३ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सेट प्राप्त भएकोमा ४ सय ६१ थान वितरण गरेको छ भने ९२ थान मौज्जाद छ । आईआर थर्मोमिटर २७ प्राप्त भएकोमा २० वटा वितरण गरेको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको छ ।

एक्जामिनेसन ग्लोब्स ८० हजार रहेकोमा ३६ हजार ४ सय, ह्यान्ड सेनिटाइजर २ हजार १ सय थान रहेकोमा १ हजार ६ सय ८५ वितरण गरेको छ । यस्तै पीपीई गाउन १ हजार ८ सय ७१ रहेकोमा ६ सय ६३ वितरण गरिएको छ ।

यसैगरी नेबुलाइजर ४० थान मौज्दात रहेको, सर्जिकल ग्लोब्स २५ थान वितरण तथा १ हजार १ सय ७५ थान मौज्दात रहेको, क्याप ६ सय मौज्दात रहेको, सोडियम हाइपोक्लोराइट जार ४ थान मौज्दात रहेको तथा एन ९५ मास्क ४ सय ८० थान प्राप्त भएकोमा २ सय ५८ वितरण भई २ सय २२ मौज्दात रहेको रिजााले जानकारी दिनुभयो ।

बुधबार, १९ चैत, २०७६, रातीको १०:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर