कानेपोखरी । कोरोना भाइरस कोभिड–१९ जोखिम नियन्त्रणका लागि लकडाउन भइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाको ग्रामीण परिवेश भने सहर भन्दा फरक छ ।
कोरोना भाइरसको संक्रमणका विषयमा गाउँ जानकार रहेपनि लकडाउनको बेला यहाँका कृषक दूरी कायम गरि कृषि कर्ममा व्यस्त छन् ।
मास्क र करिब एक मिटरको दूरी कायम गरि खेतमा काम गरेको कानेपोखरीकी डमर कुमारी बराइलीले बताइन । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाएर कृषि कर्ममा लागेको बताउनु भयो ।
यहाँका ग्रामीण महिलाहरू चैते धान रोप्न व्यस्त छन् भने पुरुष बाउसे गरिरहेका छन् । कोही किसान तोरी भित्र्याउन व्यस्त देखिन्छन् । कतैकतै घर निर्माणमा मजदुरहरु जुटिरहेका छन् ।