विराटनगर । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम ( www.danphehealth.com ) सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउन नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा.खेमबहादुर कार्कीका अनुसार कोरोनाबारे सूचना र ज्ञान शीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेबपोर्टल तयार पारिएको हो । यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउने तयारीमा छ ।
डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्र्मीतथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमाउत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । ‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारीहरु ल्याइरहेको छ, त्यसैगरी सरकारले यो वेवसाइटमार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र शीप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
लर्निङ पोर्टलमार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्थासमेत गर्ने जनाएको छ । डाँफे हेल्थ डकटकम लगइन गर पछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्डबिना लगइन गर्न सकिनेछ ।
लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित गरिएका मात्र हुनेछन् ।