अमेरिकद्वारा २ खर्ब डलरको राहत प्याकेज घोषणा

विराटनगर । अमेरिकी सरकारले कोरोना विरुद्ध लड्न २ खर्ब डलरको आपतकालिन राहात प्याकेज घोषणा गरेको छ । अमेरिकी कंग्रेसले कोरोना प्रकोप विरुद्ध अहिलेसम्मकै ठूलो राहात प्याकेज अनुमोदन गरेको हो ।

कोरोना भाइरस (कोभिड १९० ) को संक्रमणबाट उत्पन्न आर्थिक संकटको सामना गर्न पेश भएको विधेयक कंग्रेसबाट पारित भएसँगै राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरी कार्यान्वयनमा लैजाने तयारी गर्नुभएको हो । राहात प्याकेज अनुमोदन गर्न त्यहाँका रिपब्लिकन र डेमोक्रयाट्रिक दुवै पार्टी एकमत भएका छन् ।

कोभिड १९ बाट अमेरिकामा सर्वाधिक एक लाख बढी संक्रमित भइसकेका छन भने एक हजार ६ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकाका सबै ५० राज्यमा कोरोना संक्रमण फैलिएको छ भने अर्थ व्यवसाय प्रभावित भइरहेको छ । पछिल्लो एक सातामा झण्डै ३३ लाख अमेरिकी बेरोजगार भएका छन् र उनीहरुले भत्ताका लागि सरकारलाई आवेदन दिएका छन् ।

राहात सम्वन्धी विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘यो आपत्कालीन प्याकेजले अमेरिकी परिवार, कामदार एवम व्यबसायलाई तत्काल राहत हुनेछ ।’ दुई खर्ब डलरको प्याकेजअन्तर्गत ५ सय अर्ब डलर ठूला उद्योग एवम व्यवसाय तथा ३ सय ६७ अबै साना व्यवसायका लागि ऋणका लागि भएको बताइएको छ ।

गत वर्षको कर दाखिलाको आधारमा वार्षिक ७५ हजार डलरसम्म आम्दानी गर्ने व्यक्तिले एक हजार दुई सय डलरको राहत चेक पाउने बताइएको छ । परिवारको हरेक बच्चाका लागि ५ सय डलर उपलव्ध गराउने गरी राहत रकम विनियोजन भएको छ ।

शनिबार, १५ चैत, २०७६, बिहानको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर