पथरी । कोरोना भाईरसको जोखिम न्युनिकरण गर्न मोरङको पथरीशनिश्चरे वडा नम्बर ४ ले मास्क आफैं उत्पादन गरी वितरण सुरु गरेको छ ।
चार नम्बर वडा कार्यालयले शुक्रबार कोरोना फैलनबाट रोक्ने उद्देश्यले मास्क वितरण गरिरहेको छ ।
मास्कको माग बढेसँगै बजारमा मास्क अभाव भएको अवस्थामा वडा कार्यालयले आफैँ मास्क तयार गरि वितरण शुरु गरेको हो । शुक्रबारमात्र वडाले ३ सय थान मास्क वडावासीहरुलाई वितरण गरेको छ । वडा कार्यालयबाट वितरण सुरु गरेको अभियानमा वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु खड्गबहादुर सुस्लिङ, तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, वडा सचिव ललिता लावतीको उपस्थिति रहेको थियो ।
वडाध्यक्ष भण्डारीले अस्थायी प्रहरी चौकी कुसेचौरीका प्रमुख, शसस्त्र प्रहरी बल शनिशचरे र वडामा आएका सर्वसाधारण नागरिकलाई मास्क वितरण गरेका थिए । मास्कको लागि आवश्यक कपडा व्यवस्थापन गरि वडासदस्य तुलसादेवी दर्जी उनका परिवारका सदस्य र वडाध्यक्ष भण्डारीकी पत्नी सावित्रा भण्डारीलगायतले मास्क उत्पादन गरेका हुन् ।