लोड हुँदैछ...

मेनु

जनता क्याम्पस क्वारेन्टाइन

जनता क्याम्पस क्वारेन्टाइन

इटहरी । कोरोना भाइरस नियन्त्रणकां लागि सुनसरीको इटहरी उपमहानगरपालिकाले जनता क्याम्पसमा क्वारेन्टाइन बनाउन सुरु गरेको छ ।

कोरोनाको कारण क्याम्पस बन्द रहेकोले उपमहानगरपालिकाले २०० क्षमताको क्वारेन्टाइन बनाउन सुरु गरेको हो ।

सोमबारदेखि नै क्वारेन्टाइन स्थल निर्माणको लागि आवश्यक पूर्वाधार जुटाउन उपमहानगरले थालेको छ । मंगलबारदेखि भने क्वारेन्टाइन पूर्ण रूपमा सञ्चालनमा आउने उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताउनुभयो ।

क्वारेन्टाइनमाभित्र संक्रमित भेट्टाइए उनीहरुलाई आइसोलेसनसम्म पुर्याउन र संक्रमणको आशङ्कामा ल्याइएका बिरामीका लागि उपमहानगरले दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।