विराटनगर । भारत सरकारले आह्वान गरेको जनता कफ्र्युको कारण आइतबार विराटनगर–जोगबनी नाका ठप्प बनेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा भारतमा भएको कोरोना भाइरस िवरुद्धको जनता कर्फ्यूले गर्दा नाकाबाट कुनै गतिबिधि भएन ।
जनता कर्फ्यूले गर्दा सीमावर्ती जोगबनी बजार आइतबार बिहान ५ बजेदेखि साँझसम्म पूर्ण रूपमा बन्द र सुनसान रह्यो । नाकामा दिनभरि नेपाल र भारतका रक्षाकर्मीहरूको दुवैतर्फ बाक्लो उपस्थिति थियो छ । सीमाबाट कतिपय नेपाल आएपनि नेपालबाट भारत जान भने कसैले पनि पाएनन् ।
जोगबनी नाका बन्द भएपछि विराटनगर भन्सार र आसपासको क्षेत्र पनि आइतबार दिनभरि सुनसान रह्यो भने जोगबनी बजार ठप्प थियो । जनता कर्फ्यूले गर्दा दैनिक १५ हजार जनासम्मलाई चेकजाँच भइरहेको विराटनगर जोगबनी नाकामा रहेको नेपालतर्फको हेल्थ डेस्कमा आइतबार एक हजारको मात्र चेकजाँच भएको छ ।
विराटनगर–जोगबानी नाकाबाट दैनिक २० देखि ३० हजारसम्म मानिस अवात–जावत गर्ने गरेका छन् ।