हात नधोई बस चढ्न रोक

विराटनगर । विराटनगर बसपार्कमा आइतबारदेखि हेल्थडेस्क सञ्चालनमा आएको छ । यात्रुहरुको भिडभाड हुने वसपार्कमा स्वास्थ्य जाँचपछि मात्र यात्रा अनुमति दिन थालिएको हो ।

विराटनगर महानगरपालिकासँगको सहकार्यमा हेल्थडेस्क सञ्चालन गरेको बसपार्क व्यवस्थापन समितिले जनाएको छ ।

जोगवनीबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले बिभिन्न ठाउँमा पुग्नको लागि यो बसपार्क प्रयोग हुने भएकोले बसपार्कमा हेल्थ डेस्क राखिएको हो । हेल्थ डेस्कमा कोरोनाबाट बच्ने उपायसहितको सचेतनामुलक सामाग्रीहरु समेत राखिएको छ ।

हेल्थडेस्कमा फिबर चेकजाँचपछि हात धोएर मात्र सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । बसपार्कमा नियमित हात धुनको लागि दुईवटा टंकीमा ६ वटा धारा जडान गरिएको छ । विराटनगर बसपार्कबाट दैनिक ४ सयको हाराहारीमा बसहरु देशका धेरै ठाउँमा छुट्ने गरेको भएपनि कोरोनाको कारण यात्रु कम भएपछि अहिले १ सय ५० वटा यायत्रुबस चलिरहेको बताइएको छ ।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठका अनुसार बसमा यात्रुहरु नजिकै टाँसिएर बस्नुपर्ने बाध्यात्मक अवस्था हुने भएकोले स्वस्थ्य व्यक्तिले मात्रै यात्रा गरुन् भन्ने उद्देश्यले यो व्यवस्था गरेको हो ।

विराटनगर बसपार्कबाट काठमाडौंतर्फ ३० वटा बस र त्यति नै संख्यामा माइक्रो पनि चल्ने गरेको थियो । तर, त्यो संख्या पनि अहिले आधाभन्दा कम छ ।

आइतबार, ०९ चैत, २०७६, रातीको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर