लोड हुँदैछ...

मेनु

कोरोनाबाट विश्वभरीमा १० हजार ४९ को मृत्यु

कोरोनाबाट विश्वभरीमा १० हजार ४९ को मृत्यु

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म १० हजार ४९ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी २ लाख ४६ हजार १७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् । १ लाख ४७ हजार ६४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने, ८० हजार ८६७ जना सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा ३ हजार ४०५ व्यक्तिको मृत्यु भएको छ भने ४१ हजार ३५ जना सङक्रमित रहेका छन् । इटालीमा ४ हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण १ हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने १८ हजार ४०७ जना सङक्रमित रहेका छन् । ५ हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण ८३१ व्यक्तिको मृत्यु भएको छ । १८ हजार ७७ जना सङक्रमित रहेका छन् भने १ हजार १०७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ४४ व्यक्तिको मृत्यु भएको छ भने १५ हजार ३२० जना सङक्रमित रहेका छन् । त्यहाँ ११५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण २१७ व्यक्तिको मृत्यु भएको छ भने १४ हजार ३६५ जना सङक्रमित रहेका छन् । अमेरिकामा १२५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ३७२ व्यक्तिको मृत्यु भएको छ । हाल १० हजार ९९५ जना सङक्रमित रहेका र १ हजार २९५ उपचारपछि निको भएर घर फर्किएको बताइएको छ ।
कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको र ८ हजार ६५२ सङ्क्रमित रहेको बताइएको छ । त्ययहाँ २ हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विजरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३ व्यक्तिको मृत्यु हूँदा ४ हजार २२२ सङ्क्रमित छन् भने १५ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । ३ हजार २६९ सङ्क्रमित छन् भने ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

ारतमा हालसम्म कम्तीमा २०१ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखापरेका छन् । ५ जनाको मृत्यु भएको छ । देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भीडभाडमा प्रतिबन्ध लगाएका छन् । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३०७ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।

श्रीलङ्कामा ६०, अफगानिस्तानमा २२, बङ्गलादेशमा १४ र माल्दिभ्समा १३ वटा सङक्रमण हालसम्म देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।