सबै अदालत दुई साता बन्द

काठमाडौँ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न देशभरका अदालतको काम कारबाही दुई साता बन्द हुने भएको छ ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अरु मुद्दाको काम कारबाही स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको सर्वोच्चको‘ फूल कोर्ट’ ले यस्तो निर्णय गरेको हो। सर्वोच्च अदालत, विषेशसहित देशभरका उच्च अदालत, जिल्ला अदालतहरु अनि विभिन्न न्यायाधीकरणहरुको काम कारबाही चैत २१ गतेसम्म स्थगित हुनेछ । सो अबधिमा अदालत प्रशासन पनि बन्द रहनेछ ।

बन्दी प्रत्यक्षीकरणको निवेदन भने सर्वोच्च, उच्च र जिल्ला अदालतहरुमा सुनुवाई हुनेछ। बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिका पनि बन्द गरिएको हो । नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

शुक्रबार, ०७ चैत, २०७६, दिउँसोको ०२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर