न्यूरो हस्पिटलमा ओपिडी निःशुल्क

विराटनगर ।  न्यूरो हस्पिटल विराटनगरको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले सेवाग्राहीहरुको नियमति स्वास्थ्य सेवालाई ध्यानमा राखी साप्ताहिक छुटको योजना ल्याएको छ ।

विराटनगर—९ महेन्द्र चोक स्थित हस्पिटलले सोमबारदेखि शनिबारसम्म हरेक दिन सेवाग्राहीहरुको स्वास्थ्यको ख्याल गरि नियमित स्वास्थ्य जाँचमा छुटको व्यवस्था ल्याएको हो ।

अस्पतालले सोमबार छाला सम्बन्धी उपचारमा निःशुल्क ओपिडी सेवा दिने भएको छ भने जाँचमा २५ प्रतिशत छुट दिने भएको छ । यस्तै बुधबार नवजात शिशु तथा बालरोग सेवामा निःशुल्क ओपिडी तथा जाँचमा २५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।

दन्तरोग सेवामा बिहीबार निःशुल्क ओपिडी र २५ प्रतिशत छुट तथा शुक्रबार प्रसुति तथा स्त्री रोग सम्बन्धी निःशुल्क ओपिडी र जाँचमा २५ प्रतिशत छुट दिने हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । सामाजिक उत्रदायित्वलाई मध्यनजर गरि यस्तो छुटको व्यवस्था ल्याएको उहाँको भनाइ छ ।

हरेक शनिबार मदर एण्ड चाइल्ड हस्पिटलमा नियमित गर्ने मुटु, सुगर, प्रेसर, किडनी, थाइराइड, लगायतका दिर्घरोगीहरुलाई नियमित गरिने थाइराईड टेस्ट, किड्नीको टेस्ट (आर.एफ.टी), लिभरको टेष्ट(एल.एफ.टी), सि.बि.सी, सुगर टेष्ट (ब्लडसुगर, फास्टिङ, ब्लड सुगर पि.पि), लिपिड प्रोफाइल, पिसाबको जाँच, दिशाको जाँच, भिटामिन डि.थ्री, भिटामिन बि.१२, लगायतका जाँचहरुमा ५० प्रतिशत छुट दिएको छ । बिरामीको अत्याधिक मात्रामा हुने खर्चलाई काम गर्न छुट सेवा सञ्चालन गरेको हस्पिटलले जनाएको छ ।

मङ्गलबार, ०४ चैत, २०७६, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर