विराटनगर । विराटनगर लगायत प्रदेश १ का अधिकांश ठाउँहरुमा आजपनि पेट्रोल पमपहरु बन्द भएका छन् ।
पेट्रोलियम डिलरहरुले सोमबार नेपाल आयल निगमबाट इन्धन खरिद नगरेका कारण मंगलबार बजार पुरै ड्राई भएको छ ।
मूल्य बढ्दैछ भन्ने सूचना चुहावट भएपछि आइतबार थोरैले मात्र निगमबाट इन्धन खरिद गरेका थिए । सोमबार यस क्षेत्रका अधिकांश पम्पहरु बन्द भएका थिए । जसले गर्दा मंगलबार पनि बजारमा अभाव देखियो । मंगलबार विराटनगरमा दुई वटा पम्पमात्र खुलेका थिए ।
सोमबार निगमबाट इन्धन खरिद नगरी व्यवसायीले पम्प बन्द गरेर बसेका थिए । सोमबार साँझ नेपाल आयल निगममा डिजल, पेट्रोल र मट्टितेलको मूल्य २/२ रुपैयाँको दरले घटाएको थियो ।
मूल्य घटेपछि मंगलबार भने निगममा इन्धन माग गर्ने व्यवसायीहरुको चाप परेको छ । निगमले बुधबारदेखि आपुर्ति सहज हुने जनाएको छ ।