पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसबाट जोगिने सतर्कताका लागि सोमबार छलफल गरेको छ ।
नगरपालिकाले कार्यपालिका सदस्य, रेडक्रस, प्रहरी, स्वास्थ्यकर्मीहरुसँग बैठक बसेर कोरोनाबाट जोगिन होसियारी अपनाउन नगरवासीलाई समेत अनुरोध गर्ने निर्णय पनि भएको छ ।
नेपालीको नमस्कार संस्कृतिलाई अंगाल्ने, हात नमिलाउन सबैलाई आग्रह गर्ने, नगरमा आवश्यकता अनुसार क्वारेन्टाइन र आइसोलेशन निर्माण गर्ने निर्णय भएको नगर प्रमुख दिलिपकुमार राईले जानकारी दिनुभयो । डेंगु रोग नियन्त्रणका क्रममा नगरमा बनेको र्यापिट रेन्पोन्स टिमलाई सक्रिय बनाउने निर्णय पनि गरिउको छ ।
पथरी नगर अस्पतालको २ बेडलाई कोरोना आशंका हुने विरामीका लागि छुट्याइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि सवैको सहकार्यमा कोरोना विरुद्ध जुट्न आव्हान गर्नुभयो । अतिजरुरी नपरी स्वास्थ्यकर्मीलाई विदा नदिने निर्णय नगरपालिकाले गरेको छ ।
कोरोनाको सचेतताका लागि प्रत्येक वडा कार्यालयल र विद्यालयहरुमा जानकारीमुलक फ्लेक्स वितरण गर्ने र आवश्यकता अनुसारको जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्ने समेत छलफलले निर्णय गरेको छ ।