राईको उपचारमा सहयोग

उर्लाबारी । नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को उपचारमा सहयोग जुटेको छ ।

आर्थिक अभावका कारण उपचार नपाएका राईलाई झापाको धुलाबारी घर भई हाल क्यान्डामा रहनु भएकी रेनु राईको नेतृत्वमा उपचारका लागि ४६ हजार ५ सय ७५ रुपैयाँ पठाउनु भएको छ ।

सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतमार्फत राईले रकम पठाउनु भएको हो । उक्त रकम बिहीबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

रेनुसहित क्यान्डामा रहनु भएका जुनु राई, राज पौडेल, भीमा बराईली, लधिटी शेर्पा, लिला राई, कौशिला सुब्बा, कमला राई, मुना रेग्मी, ज्योति ढकाल, सलिना अर्याल र सुसन ठकुरीले रकम संकलन गरेका थिए । आर्थिक अभावका कारण उपचार नभएको खबर थाहा पाएपछि उपचारमा सहयोग गरेको राईले जानकारी दिनुभयो ।
राईको उपचारका लागि बिहीबार रंगेली नगरपालिकाका भीमबहादुर श्रेष्ठले ५ हजार १ सय रुपैयाँ र बुढीगंगा गाउँपालिकाका सन्तोष लिम्बूले ३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँहरु दुबैले पीडित परिवारलाई सहयोग हस्तान्तरण गर्नुभयो । त्यस्तै, यसअघि उर्लाबारीका युवा व्यवसायी प्रकाश रोक्काले नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

पीडितको हाल नसामा समस्याका कारण हात खुट्टा नचल्ने अवस्थामा पुगेको छ । जनमन गरी परिवार पाल्दै आएका राई दाई यतिबेला आफै थला पर्नुभएको छ ।

बिहिबार, २२ फागुन, २०७६, रातीको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर