लोड हुँदैछ...

मेनु

विराटनगर १९ मिलनचौकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका– १९ मिलनचौकमा टिपरको ठक्करबाट मंगलबार राति दुई जनाको मृत्यु भएको छ ।

पुष्पलालचौक–विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा मंगलबार राति साढे ९ बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

उत्तरतर्फबाट आइरहेको टिपरले दक्षिणबाट गइरहेको टेम्पोलाई ठक्कर दिँदा टेम्पोमा सवार दुईको जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । मृतकमध्ये एकजना टेम्पो चालक र एक जना टेम्पोमा सवार महिला रहेको जनाईएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरी प्रदर्शन जारी राखेकोले प्रहरीसमेत घटनास्थलमा पुग्न पाएको छैन ।

स्थानीयको प्रदर्शनबाट मंगलबार मध्यरातसम्म मृतकको पहिचान नखुलेको एसपी अधिकारीले बताउनुभयो । टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमा मृत्यु भएपछि आक्रोशित भिडले टिपर आगजनी गरेको विराटनगर १९ का वडाअध्यक्ष बद्रीनारायण सरदारले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।