विराटनगर । ब्लड क्यान्सरबाट पीडित विराटनगरका पत्रकार कमल पौडेलको उपचारका लागि सुनसरीको ईटहरीमा रहेको पाथिभरा एडभरटाईजिङ र जब लिंकले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
विराटनगरको मकालु टेलिभिजनका समाचार सम्पादक रहनुभएका पौडेलको सहयोगको लागि कम्पनीका कार्यकारी प्रमुख पवन अधिकारीले २५ हजारको ५ सय ५५ रुपैयाँको चक हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरणमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडका, मकालु टेलिजिभनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदी र पाथिभरा एडभरटाइजिंग प्रालिका कार्यकारी प्रमुख अधिकारीले पत्रकार पौडेलको उपचारको लागि सहयोग जुटाउन थप पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । क्यान्सरबाट पीडित पत्रकार पौडेलको काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने उहाँको उपचारमा ४० लाख हाराहारी रकम लाग्ने बताइएको छ ।
पौडेलको उपचार कोषमा २५ लाख रुपैयाँ संकलन भईसकेको छ भने अझै १५ लाख बढी रकम अपुग रहेको परिवारजनले बताएको छ । पौडेलको उपचारका लागि देश तथा विदेशबाट दाताहरु र बिभिन्न जिल्लामा पत्रकारहरुले समेत रकम संकलन अभियान सञ्चालन गरिरहेका छन् ।
पत्रकार महासंघ १ नं. प्रदेश समिति र मोरङ शाखाले पनि पत्रकार कमल पौडेल सहयोग अभियान सञ्चालन गरिरहेको छ ।