विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाकी एक महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सुन्दरहरंैचा ५ गौसला घर भई भीमकुमारी ढकालको घरमा डेरा बस्ने १९ वर्षीय प्रीति तिम्सिना (अधिकारी) लाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सुन्दरहरैैंचाका ऋषिराम भट्टराई र सञ्जिता निरौला पक्राउ परेका ह्ुन् ।
प्रीतिले गत फागुन ८ गते सुसाइट नोट लेखर आत्महत्या गरेकी थिइन् । इलाका प्रहरी कार्यालय बेलबारीले प्रीतिलाई आत्महत्या गराउने बाध्य बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । प्रीतिले आत्महत्या गर्नुअगाडि भट्टराई र निरौलाले ब्ल्याकमेलिङ गरि बारम्बर पैसा मागेको कारणले आत्महत्या गरेको ‘सुसाइट नोटमा’ उल्लेख भएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
सलको पासो लगाई झुण्डिएको अबस्थामा फेला परेकी थिइन् । घटनाको चार दिनपछि प्रहरीले दोषी पक्राउ गरेको हो । सुसाइड नोट र मोबाइल कल डिटेल, म्यासेज तथा तस्विरहरूलाई अनुसन्धान गर्दा दोषी पत्ता लागेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले बताउनुभयो ।
प्रहरीले बरामद गरेको मोवाइल फोनको म्यासेजबाट पनि ब्ल्याकमेलिङ गरेको पुष्टि भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ । पक्राउ परेका दुबै जनालाई इप्रका बेलबारीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।
प्रहरीका अनुसार मृतक प्रीति विवाहित हुन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् । प्रहरीका अनुसार प्रीति र भट्टराइको एक वर्ष अगाडि फेसबुकमा चिनजान भएपछि उनीहरुबीच प्रेम हुँदै शारिरिक सम्बन्धसमेत भएको थियो । त्यो सम्बन्धको भिडियो बनाएर भट्टराईले ब्ल्याकमेलिङ गरेको पाइएइको प्रहरीले जनाएको छ ।
‘ड्याजलिङ क्वीन’ नामको फेसबुक प्रयोगकर्ता दिपा आईडीबाट भिडियो पोष्ट गरिदिने भन्दै पटक–पटक मृतकसँग भट्टराईले रकम असुलेका थिए । पक्राउ परेका भट्टराईले ४ हजारदेखि १५ हजार रुपैयाँसम्म माग्ने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा ड्याजलिङ क्वीन, दिपा नाम गरेको आईडी ऋषि भएको र ईटहरीको गोर्खा डिर्पाटमेण्ड अगाडि पैसा लिन गएकी सुन्दरहरैचा ६ की सञ्जिता निरौलालाई ऋषिले पठाएको पुष्टि भएको एसपी अधिकारीले बताउनुभयो ।
‘बिभिन्न मितिमा धम्की दिँदै पैसा असुल्ने गरेको र आफूसँग पैसा नभएका कारण आफूले आत्माहत्याको बाटो रोजेको मृतक प्रीतिले छोडेको सुसाईड नोटमा उल्लेख छ,’ एसपी अधिकारीले भन्नुभयो । पक्राउ परेका दुबै जनालाई मंगलबार मोरङ अदालतमा आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
के छ कानूनी व्यवस्था ?
मुलुकी फौजदारी संहिता २०७४ परिच्छेद १८५ को १ बमोजिम आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई ५ सम्म वर्ष कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना गर्ने व्यवस्था छ । यो प्रकरणमा प्रीतिले आत्महत्या गर्नुअघि ऋषिराम र सन्जिताले आत्महत्या गर्न बाध्य बनाएको पुष्टि भएमा सजाय हुनेछ ।
प्रहरीले दुई जनालाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको हो ।