समतामुलक समाज निर्माणमा जोड

विराटगनर, ३ फागुन
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले समाजवादउन्मुख र समतामुलक समाज निर्माणतर्फ प्रदेश सरकार अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रदेश सरकार स्थापना भएको दुई वर्ष पुरा गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले सरकारले गरेको उपलव्धिमुलक कामको अनुभूति जनताले गर्न पाउनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भएर महत्वपूर्ण उपलव्धी प्राप्त भएकोमा प्रदेश प्रमुख अधिकारीले सरकारको प्रशंसा पनि गर्नुभएको छ । उहाँले दुई वर्षको छोटो अवधिमा शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा तथा विकास निर्माण आदि क्षेत्रमा प्रप्त गरेको उपलव्धीप्रति प्रसंशा गर्नुभयो ।

समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सफल बनाउँदै समाजवाद उन्मुख अभियानमा सरकार अघि बढ्नुपर्ने सुझाव प्रदेशप्रमुख अधिकारीले दिनुभएको छ । त्यसका लागि सरकार भ्रष्टाचारका विरुद्ध सुन्य सहनशिलताको नीतिका साथ अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो । भ्रमण वर्ष २०२० सफल बनाउन सरकारले सफलता प्राप्त नर्गे समतामुलक विचारबाट प्रदेश अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी दिनमासमेत सरकार सफलतापूर्वक अघि बढ्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकार समुन्नत र समानताको दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । युवा उद्यमशिलता, सिमान्तकृत समुदायको खाद्यान्नमाथिको पहुँचजस्ता कार्यक्रम र नाराहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सोमबार, ०५ फागुन, २०७६, बिहानको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर