लोड हुँदैछ...

मेनु

कोशी प्रदेश मन्त्रिपरिषद्का दुई निर्णय के के हुन ?

कोशी प्रदेश मन्त्रिपरिषद्का दुई निर्णय के के हुन ?

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुईवटा निर्णयहरू गरेको छ । बैठकका निर्णयहरूका बारेमा जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले वन र ग्रामीण सडक आयोजनासँग सम्बन्धित प्रस्तावहरूलाई थप गृहकार्यका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय भएको बताए ।

मन्त्री पराजुलीका अनुसार बैठकले कोशी प्रदेश वन (पहिलो संशोधन्र) नियमावली, २०८३ स्वीकृतिका लागि आवश्यक गृहकार्य गर्न कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरेको छ । वन व्यवस्थापन र सोसँग सम्बन्धित कानुनी प्रावधानहरूलाई परिमार्जन गर्न यो नियमावली ल्याइएको हो ।

त्यसैगरी, बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत अतिरिक्त लगानीका कारण प्रभावित भएका संरचना, घर(टहरा तथा अन्य भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका अघि बढाएको छ । क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशिका, २०८३ लाई स्वीकृतिका लागि आवश्यक गृहकार्य गर्न आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिए ।

यी दुवै प्रस्तावहरू सम्बन्धित समितिहरूबाट गृहकार्य भई आएपछि पुनस् मन्त्रिपरिषद्मा पेस हुने र स्वीकृतिको प्रक्रिया अघि बढ्नेछ । सरकारले विकास आयोजनाबाट प्रभावित नागरिकहरूलाई उचित क्षतिपूर्ति दिने र वन क्षेत्रको कानुनी जटिलता फुकाउने उद्देश्यले यी निर्णयहरू गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।