लोड हुँदैछ...

मेनु

अब नेतृत्वमा नयाँ पुस्ता आउँछ, तयारी गर्नुहोस् : प्रचण्ड

अब नेतृत्वमा नयाँ पुस्ता आउँछ, तयारी गर्नुहोस् : प्रचण्ड

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आगामी महाधिवेशनबाट नेतृत्वमा नयाँ पुस्ता आउने बताएका छन् ।

विराटनगरमा आज आयोजित पार्टीको प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले तल्लो तहदेखि केन्द्रसम्म नेतृत्वको तयारी गर्न नयाँ पुस्तालाई आह्वान गरे ।

‘अबको महाधिवेशनबाट विगतका गल्ती करेक्सन गर्छो’ प्रचण्डले भने, ‘नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्छौं, त्यसको तयारी गर्नुहोस् ।’ अब नेतृत्व चय निर्वाचन प्रक्रियाबाट हुने भन्दै पार्टी संयोजकको रुपमा कुनै नेतालाई जिताउन वा हराउन लागि नपर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डले एमालेसँग तत्कालै एकता नभएपनि सहकार्य सहकार्य सुरू हुने बताएका छन् । बामपन्थी शक्तिहरु मिल्दा अहिले पनि बैकल्पिक शक्ति बन्ने अवस्था रहेको भन्दै उनले बृहत एकताको मार्गमा अगाडि बढ्ने बताए ।

नयाँ अवस्थामा मुलुककको नेतृत्व गर्न सबै बामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासमेतसँग कुरा भइरहेको भन्दै प्रचण्डले आगामी महाधिवेशनमा अर्को क्रमभंग हुने दावी गरे । ‘प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस् अब कस्तो हुन्छ’, उनले भने ।

अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए । पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।