लोड हुँदैछ...

मेनु

रास्वपा संखुवासभाको नेतृत्वमा पुनः भक्तनारायण श्रेष्ठ

रास्वपा संखुवासभाको नेतृत्वमा पुनः भक्तनारायण श्रेष्ठ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाको प्रथम जिल्ला अधिवेशनले भक्तनारायण श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

रास्वपा संखुवासभाका संस्थापक सभापतिसमेत रहेका श्रेष्ठ पुनः जिल्ला सभापतिमा चयन भएका हुन्। अधिवेशनबाट उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनील श्रेष्ठ तथा सहसचिवमा सन्तोष बस्नेत सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन भएका छन्।

अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा रास्वपाकी नेतृ सुजता तामाङले गरेकी थिइन्। अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds