लोड हुँदैछ...

मेनु

बाँस बोकेको पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

बाँस बोकेको पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–४ मा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज मध्यान्ह खड्का गाउँको भित्री सडकबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा गाडी चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल लगिएकोमा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा सहचालक सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाइबा घाइते भएका छन्। उनको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही दुर्घटनामा घाइते भएका सूर्योदय नगरपालिका–४ कै ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल पठाइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।