विराटनगर । आगामी आर्थिक वर्षको लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट पेश गरेका हुन् ।
कूल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरेको छ । बजेट संशोधित चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।
राजस्व १४ खर्ब ४ अर्बको रहने अर्थमन्त्रीको अनुमान छ । यस्तै आम्दानीमा अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् ।
आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।