लोड हुँदैछ...

मेनु

बजेट बक्तब्य : डिजिटल भुक्तानीमा भ्याट छुट, ३६० वस्तुको अन्तःशुल्क खारेज

बजेट बक्तब्य : डिजिटल भुक्तानीमा भ्याट छुट, ३६० वस्तुको अन्तःशुल्क खारेज

काठमाडौं । सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताएका हुन् । हाल उपभोक्ताले वस्तु तथा सेवामा १३ प्रतिशत भ्याट तिर्दै आएका छन् ।

अर्थमन्त्री वाग्लेले कर प्रणालीमा व्यापक सुधार गरिएको पनि घोषणा गरेका छन् । उनका अनुसार २७३ प्रकारका कच्चा पदार्थमा लाग्दै आएको भन्सार दर घटाइएको छ भने ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ ।

यस्तै सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ । हाल १ हजार ११२ भन्दा बढी वस्तुमा लागू रहेको अन्तःशुल्क प्रणालीलाई पनि पुनरावलोकन गरी परिमार्जन गरिएको अर्थमन्त्रीले बताए ।

बजेटमार्फत पूर्वाधार कर र सडक दस्तुरलाई समेत समेटेर ‘हरित कर’ अन्तर्गत ल्याइएको घोषणा गरिएको छ । सरकारले कर संरचनालाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउने उद्देश्यले सुधारका कार्यक्रम अघि सारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।